११७
Sharesधादिङ: धादिङको थाक्रे गाउँपालिकामा एच .पि .भि. खोप अभियान २०८१ पालिका स्तरीय खोप कार्यक्रमको अभिमुखिकरण तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम भएको छ।
शुक्रबार थाक्रे गाउँपालिका स्वास्थ शाखाले एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा एच .पि .भि भनेको के हो ? यस्ले कसरी महिलाहरूको पाठेघर मुखको क्यान्सर गराउछ , यसको लक्षणहरु कस्ता हुन्छन , कुन कुन अवस्थामा यो संक्रमणहुन्छ यस्को रोकथामको उपायहरु, यसको अवस्था र यो खोप कसरी कुन कुन समयमा तथा कुन उमेरका महिला हरुलाइ लगाउने लगायतको बिषयमा स्वस्थ्य कार्यलय धादिङका खोप अधिकृत श्याम प्रसाद पोखरेलले जानकारी गराउनु भएको थियो।
कार्यक्रममा थाक्रे गाउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बम बहादुर केसि वडाका वडा अध्यक्ष हरु पालिका दसस्य ,स्वस्थ्य शाखा प्रमुख कमल अधिकारी ,पत्रकार , स्वास्थ्य स्वयंम सेविका , स्वास्थ कर्मी लगायतको सहभागीता रहेकोे थियो।