१०६
Sharesधादिङ: धादिङको धुनिवेशी नगरपालिकामा नगरस्तरिय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । विश्व भागवत धाम कोष नेपाल र उत्तम फाउण्डेशनद्धारा जिल्लाका १३ स्थानिय तहहरुमा आयोजना गरिने जिल्लाव्यापी अनुष्ठान अन्तर्गत धुनिवेशीमा तेस्रो अनुष्ठान गर्न सुरु गरिएको आयोजकले जनाएको छ ।
बिहिबार आज देखी कलश यात्रा सहित सुरु भएको महायज्ञमा मण्डप पुजा, पाठपारायण, कथा वाचन, आरती तथा पुष्पाञ्जली लगायत लाख बत्ती प्रज्वलन हुने आयोजकले जनाएको छ । महायज्ञ अवधिभर प्रमुख वाचकको रुपमा तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराजले कथा प्रवचन गर्नुहुनेछ ।
वडा नम्बर ५, २ र ९ को सँगमस्थल सुनाघाट, त्रिवेणी धाम बद्रिटार पार्क तथा उमा महेश्वर महादेव मन्दिर प्राङ्गणमा सुरु भएका महायज्ञ यहि माघ २५ गते समापन हुने आयोजकले जनाएको छ ।
कलश यात्रा पछि भएको औपचारिक उद्घाटन कार्यक्रममा बागमती प्रदेशका गरिबि निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो भने नगरपालिका प्रमुख बालकृष्ण आचार्य लगायतको विशेष आतित्थ्यता र विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो ।
https://web.facebook.com/share/17zEsh8kc4/