१४२
Sharesधादिङ: धादिङबेशीमा आयोजित लोक सांस्कृतिक महोत्सवको नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घघाटन गर्नुभएको छ। महोत्सवको उद्घाटन गर्नु हुदै सिंहले कार्यक्रमको सफलताको कामना दिनु भयो।
उहाँले महोत्सव आयोजना गर्ने संघ संस्था तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु हुदै “संस्कृतिलाई जोगाउने कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनु भयो।
उप–प्रधानमन्त्री सिंहले धादिङ जिल्लाको विकास र पूर्वाधार निर्माणका कार्यक्रमबारे पनि चर्चा गर्दै संघीय, प्रदेश, र स्थानीय सरकारहरू मिलेर आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै काम एकैपटक सम्भव छैन, तर आवश्यकता र प्राथमिकताको आधारमा परियोजनाहरू अघि बढाउन हामी सक्दो सहयोग गर्नेछौं।“
‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित आजदेखि धादिङबेशीमा पहिलो पटक लोक सांस्कृतिक महोत्सव सुरु भएको हो । उद्धघाटन अघि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकी सहितको ¥याली निकालिएको थियो ।
धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवर्द्धक र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो ।
उहाँले भनुभयो, ‘अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । प्रतियोगितामा धादिङका सबै स्थानिय तहको ११ टिम र अन्य दुई टिम गरी १४ टिमको सहभागिता रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ, सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजना नीलकण्ठ नगरपालिकाको संरक्षक तथा धादिङ उद्योग वाणिज्य संघको प्रवर्द्धक महोत्सव भएको हो । बिहीबारदेखि सुरु भएको महोत्सव माघ २० गतेसम्म संचालन हुने छ ।