४९९
Sharesथाक्रे : थाक्रेमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम, विश्व शान्ति पुजा तथा रक्तदान कार्यक्रम हुने भएको छ ।
‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो सांस्कृतिक अभियान, भन्ने मुल नाराको साथ धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को मल्डुङ खेल मैदानमा तामाङ समुदायको सांस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछार को अवसरमा प्रगतिशिल युवा क्लवको आयोजना र थाक्रे गाउँपालिकाको समन्वय तथा नेपाल तामाङ घेदुङ थाक्रेको संयोजकत्वमा यही माघ १९ गते शनिबारका दिन बृहत सोनाम ल्होछार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम सम्पन गर्नको लागि देश तथा विदेशबाट सहयोग पनि आइरहेको प्रगतिशिल युवा क्लवका अध्यक्ष निकेश तामाङले टोलटोलको खबर डट कामलाई जानकारी दिनु भयो।
तामाङका अनुसार उक्त कार्यक्रममा स्थानिय सँगै थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले व्यक्तिगत र वडाको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी थाक्रे गाउँपालिका वडा नं ३ मा रहेको नववुद्ध युवा क्लवका अध्यक्ष सुमन तामाङले पनि क्लवका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरेको तामाङले जानकारी दिनु भयो।
कार्यक्रमको लागि अहिलेसम्ममा भूमि प्रसाद त्रिपाठी बाट रु ११ हजार १ सय ११ , दिलिप पौडेल रु १० हजार , ईश्वर अर्याल रु १० हजार, जयराम तामाङ ११ हजार १ सय ११, शितल तामाङ रु १० हजार १ सय, हरि लामा मोक्तान रु १० हजार ५, सूर्य बहादुर तामाङ रु ८ हजार २ सय ४०,सय कृष्ण पन्त रु ५ हजार , दिनेश रुपाखेती रु ५ हजार, सुभद्रा मोक्तान रु ५ हजार, निकेश तामाङ रु ५ हजार, विर बहादुर तामाङ रु ५ हजार,राज कुमार तामाङ रु ४ हजार र स्वूजरल्याण्ड नागरिक राफेलले २२ हजार २ सय २२ सहयोग आएको टोलटोलको खबर सीताको कुराकानीमा प्रगतिशील युवा क्लवका अध्यक्ष निकेश तामाङले बताउनु भयो। साथै कार्यक्रम सफल बनाउन सहयोग आउने अपेक्षा गरिएको उहाको भनाइ छ।
उक्त कार्यक्रमको टोलटोलको खबर डट कम मिडिया पार्टनर रहेको छ।