FLASH NEWS


आज देशभरको मौसम कस्तो रहला हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ ६, आईतबार (२ हप्ता अघि)
  • ६९

    Shares

आज देशभरको मौसम कस्तो रहला हेर्नुहोस

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।

आइतार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदलीको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दूई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानाकारी दिएको छ। बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहनेछ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न महाशाखाले बताएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस