FLASH NEWS

धादिङमा पुराना व्यवसायीहरु मध्ये ६ जना सम्मानित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १८, बिहिबार (२ दिन अघि)
  • ९२

    Shares

धादिङमा  पुराना व्यवसायीहरु मध्ये ६ जना सम्मानित

धादिङ:      धादिङका व्यापार व्यवसाय गर्ने पुराना व्यवसायीहरु सम्मानित भएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले पुराना तथा सफल ६ जना पुराना व्यवसायीहरुलाई सम्मान गरेको हो ।

विहीबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अवसरमा पुराना व्यवसायी र युवा पुस्तामा सफल व्यवसायीलाई सम्मान गरेको हो । धादिङको मलेखु क्षेत्रमा आएर पहिलो पटक चप परिकार बनाएर विक्रि गर्ने तथा माछाको परिकार बनाउने पुराना व्यवसायी छबिलाल मरहट्ठालाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । मलेखु क्षेत्रमा राजमार्ग निर्माण भएको समयमा व्यवसाय सुरु गरेका थिए । अहिले मलेखुलाई चिन्नेहरुले चप र माछाको प्रमुख बजारको रुपमा चिन्ने गर्दछन् ।

धादिङमा सुरुको समयमा कुखुुरा तथा दाना उद्योग संचालन गरेर नेपालमै दाना बनाउन सुरु गर्ने भिमसेन खड्का, कपडा व्यवसाय गर्ने प्रेम प्रसाद पाण्डे, किराना पसल संचलक राजकुमार पौडेल तथा युवा सफल व्यवसायी इश्वरप्रसाद सिलवाल र केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग तथा व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष भगिरथ सापकोटा, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, जिल्ला सचिव राधिका सापकोटा, लगायतले सम्मानपत्र र खादा ओडाएर सम्मान गर्नु भएको हो।

व्यवसायिक क्षेत्रले देशको आर्थिक समृद्धिमा टेवा पुगेको नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङका अध्यक्ष संजिव त्रिपाठीले बताउनु भयो। ।स्वच्छ व्यवसाय गरेर देशमा आर्थिक समृद्धिमा योगदान गरिरहेकाहरुलाई हालको समयमा मन्दीको मार व्यहोर्नु परिरहेको उहाको भनाई छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस