१६५
Sharesथाक्रे, धादिङ: धादिङको थाक्रे गाउँपालिमा ११ गते देखि सुरु भएको एकिकृत घुम्ति शिविको अन्तिम दिन आज ४ सय २१ जनाले सेवा लिएका छन् ।
पालिका भित्र रहेका विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा मंगलबार छैटौं दिन ९ र १० नम्बर वडालाई लक्षित गरेर भएको शिविरमा उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले टोलटोलको खबर सीतको कुरा कानिमा बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।
यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जना र शनिबार वडा नम्बर ३ मा भएको शिविरमा २४७ जना, आइतबार वडा नम्बर ८ मा ३५५ जना सोमबार वडा नम्बर ११ मा ३०७ जनाले सेवा लिएका थिए । यो सँगै मंगलबार अन्तिम दिनसम्म घुम्ति शिविर मार्फत १ हजार ९ सय २७ जनाले सेवा लिईसकेका छन् ।
शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । मंगलबारको शिविरमा पुर्वाधार तथा योजना शाखा अन्तर्गत १४ जनाले योजना सम्झौता गरेका छन् । भने २० जनाले परामर्श सेवा लिएका छन्। यस्तै सामी शाखा अन्तर्गत ६० जनालाई गहन अभिमुखिकरण परामर्श प्रदान गरिएको छ ।
यस्तै ११५ जनालाई सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत १०४ जनाले गोबर परिक्षण तथा औषधी सहित परामर्श सेवा लिएका छन् । यस्तै ३ जनाको व्यवसाय दर्ता गरेका छन् भने ८ जनाले व्यवसाय नविकरण गरिएको छ । त्याबाट १५ हजार ९ सय राजश्व संकलन भएको छ ।
यसैगरी ४ जनालाई अपाङ्ग परिचयपत्र र ५९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत १ जनालाई घटनादर्ता, सामाजिक सुरक्षा सँगै परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत ३१ जनाले सेवा लिएको सामी शाखाका लक्ष्मि भूजेलले टोलटोलको खबर डट कामलाई जानकरी दिनु भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले शिविरमा उत्साह जनक सबै वडाका नागरिक हरु उपस्थित भएको र पालिकाका कर्मचारी हरु पनि बिदाको दिन पनि नभनी अनबरत रुपमा नागरिकको सेवामा लागेकोमा धनयवाद दिनु भयो।
तेस्तै उहाले अहिलेको यो शिबिर छोटो समयमा आयोजना गरिएकोले अझै राम्रो सित सेवा दिन नसकेको बताउदै आगामी बर्षमा यस कार्यक्रमको समिक्षा गर्दै अझै प्रभाब कारी बनाउने र सके सम्म सबै वडामा नै गर्ने बताउनु भयो। यस्ता महत्वपूर्ण काममा सबै अझ नागरिक हरुको शुझाब सल्लाह लिदै पालिका अगाडि बढिरहेको र गागामी दिनहरुमा पनि अझ ब्यबस्थित गर्दै लैजाने बताउदै सुरुको दिन देखि अन्त्य सम्म सबै आ आफ्नो ठाउ बाट लागेर यो छोटो समयमा पनि धेरै गागारिक हरुलाई सेवा दिन साथ् सहयोग गर्नु हुने सम्पूर्ण जनप्रतिनिधि ,रास्ट्र सेवक कर्मचारी , स्थानिय , संचारकर्मी सबैलाई धन्यवाद दिनु भयो।
थाक्रे १० का वडा अध्यक्ष गोकुल लामिछानेको अध्यक्षतामा भएको समापन शिविर कार्यक्रममा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा ,सस्थापक उपाध्यक्ष अम्बिका रुपाखेती, ९ नम्बर वडाका वडा अध्यक्ष श्याम चन्द्र आचार्य वडाका वडा सदस्य हरु पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।