१३९
Sharesकाठमाण्डाैमा च्याउ महोत्सव भएको छ।
सोमबार महोत्सवको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
राष्ट्रिय च्याउ दिवसका अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सोमबार काठमाण्डाैमा आयोजना गरेको च्याउ महोत्सवमा मन्त्री अधिकारीले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई काम अघि बढिसकेको बताउनुभयो । उहाँले केन्द्रको निर्माणपछि नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले च्याउ खेतीबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउनसमेत टेवा पुग्ने उल्लेख गर्नुभयाे । उहाँले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादन र उत्पादकत्व कम भएको भन्दै च्याउ खेतीको सुदृढीकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयाे ।
काठमाण्डाैकाे भृकुटीमण्डपमा भएकाे च्याउ महाेत्सवमा ४० वटा स्टल रहेका थिए ।