FLASH NEWS

एकिकृत घुम्ती शिविरको पाचौ दिन : थाक्रे ११ का ३०७ जना नागरिकले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १५, सोमबार (४ दिन अघि)
  • १६७

    Shares

एकिकृत घुम्ती शिविरको पाचौ दिन : थाक्रे ११ का ३०७ जना नागरिकले लिए सेवा

थाक्रे:    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ मा भएको एकिकृत घुम्ति शिविरमा ३०७ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा सोमबार पाचौ दिन ११ नम्बर वडालाई लक्षित गरेर भएको शिविरमा उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।

शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । सोमबारको शिविरमा पुर्वाधार तथा योजना शाखा अन्तर्गत ११ जनाले योजना सम्झौता गरेका छन् भने सम्बिन्धित विषयमा अभिमुखिकरण गरिएको छ । यस्तै सामी शाखा अन्तर्गत ७७ जनालाई गहन अभिमुखिकरण परामर्श प्रदान गरिएको छ ।

यस्तै १०५ जनालाई सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत ७५ जनालाई परामर्श तथा गोबर परिक्षण गरेका छन् । यस्तै २ जनाले सेवा लिएका छन्

यसैगरी २ जनालाई अपाङ्ग परिचयपत्र र ९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत २ जनालाई घटनादर्ता,१ जना व्यवसाय दर्ता साथै सामाजिक सुरक्षा सँगै परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २३ जनाले सेवा लिएका छन् ।

अन्तिम दिन मँगलबार वडा नम्बर ९ र १० का लागि १० नम्बर वडा कार्यालयमा शिविर सञ्चालन गरिने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिनुभयो ।गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस