९५
Shares“बुझ जिन्दगानी” छन्द
वसन्ततिलका आनन्द शोक दुइटै बुझ जिन्दगानी
उत्थान वा पतन त्यो बुझ जिन्दगानी
उत्पत्ति लोप पनि त्यो बुझ जिन्दगानी
प्राचीन आधुनिकता बुझ जिन्दगानी ।
निस्तेज तेज पनि त्यै बुझ जिन्दगानी ,
वैचित्र्य वा सरल त्यो बुझ जिन्दगानी ,
हो त्याग भोग दुइटै बुझ जिन्दगानी ,
नोक्सान लाभ पनि हुन् बुझ जिन्दगानी ।
आभा तथा तमस ती बुझ जिन्दगानी
अज्ञात ज्ञात दुइटै बुझ जिन्दगानी
एक्लो तथा युगल होस् सब जिन्दगानी
उद्देश्य भ्रान्ती दुइटै बुझ जिन्दगानी ।
होस् दु:ख वा सुख सबै बुझ जिन्दगानी
स्वीकार खण्डन दुबै बुझ जिन्दगानी
नौलो पुरातन दुबै बुझ जिन्दगानी
उन्मुक्त बन्धन सबै बुझ जिन्दगानी ।
आसक्त त्याक्त दुइटै बुझ जिन्दगानी
निर्भीकता र डर हुन् बुझ जिन्दगानी
होस् अस्त वा उदय त्यो बुझ जिन्दगानी
सम्पन्न वा सुरु दुबै बुझ जिन्दगानी ।
होस् गौण वा प्रमुख त्यो बुझ जिन्दगानी
विख्यात निन्दित दुबै बुझ जिन्दगानी
निर्मोह कोमल दुबै बुझ जिन्दगानी
जाग्राम नीद दुइटै बुझ जिन्दगानी ।
चातुर्य मुर्ख मन ती बुझ जिन्दगानी
दाता र कन्जुस दुबै बुझ जिन्दगानी
प्रासाद होस् कि झुपडी बुझ जिन्दगानी
सन्ताप शीतल दुबै बुझ जिन्दगानी ।
तारुण्य वृद्ध वय ती सब जिन्दगानी
अध्यात्म भौतिक सबै बुझ जिन्दगानी
कच्चा र पूर्ण दुइटै बुझ जिन्दगानी
होस् जीव वा जड सबै बुझ जिन्दगानी ।
संग्राम शान्ति बुझ हुन् सब जिन्दगानी
मिथ्या यथार्थ दुइटै बुझ जिन्दगानी
आशा अभाव पनि ती बुझ जिन्दगानी
सम्पन्न तन्नम दुबै बुझ जिन्दगानी ।
संहार सृष्टि दुइटै बुझ जिन्दगानी
शौभाग्य संकट दुबै बुझ जिन्दगानी
जे प्राप्त छन् नियमले सब जिन्दगानी
स्वीकार्नुपर्छ जनले बुझ जिन्दगानी ।।
बिष्णु प्र गौतम