FLASH NEWS

थाक्रे ३ मा भएको एकिकृत घुम्ती शिविर सम्पन्न ,२ सय ४७ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १३, शनिबार (२३ घण्टा अघि)
  • ११४

    Shares

थाक्रे ३ मा भएको एकिकृत घुम्ती शिविर सम्पन्न ,२ सय ४७ जनाले लिए सेवा

तस्विर :लक्ष्मी भुजेल

थाक्रे: धादिङको थाक्रे गाउँपालिकामा एकिकृत घुम्ति घुम्ती शिविर संचालन भैरहेको छ । पालिका भित्र रहेका ११ वटै वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर शनिवार वडा नम्बर ३ मा भएको हो । आज भएको शिविरमा २सय ४७ जनाले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो ।

यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जनाले सेवा लिएका थिए भने शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३सय ७८ जनाले सेवा लिएका थिए । यो सँगै तेसो दिनसम्म घुम्ति शिविर मार्फत ८सय १२ जनाले सेवा लिईसकेका छन्।

शनिबार भएको शिविरमा ७ जनाले योजना सम्झौता गरेका छन् । यस्तै सामी शाखा अन्तर्गत ५५ जनालाई परामर्श प्रदान गरिएको छ भने ५५ जनाले सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । तेस्तै कृषी तथा पशु शाखा अन्तर्गत २० जनालाई परामर्श तथा ३६ जनाले गोबर परिक्षण र भ्याक्सिन तथा उपचारको सँख्या ५० रहेको छ । यस्तै ४ जनालाई राजश्व परामर्श, १ जनाको व्यवसाय नविकरण गरिएको छ ।

यसैगरी १ जनालाई अपाङ्ग परिचयपत्र र ६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत ५ जनालाई परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २५ जनाले सेवा लिएका छन् ।

अब आईतबार वडा नम्बर ७ र ८ को लागि ८ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख छ। पालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।

घुम्ति शिविरको तालिका हेर्नुहोस

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस