FLASH NEWS

थाक्रे गाउँपालिकामा एकिकृत घुम्ती शिविर सञ्चालन,शुक्रबार मात्रै ३ सय ७८ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १२, शुक्रबार (१८ घण्टा अघि)
  • १०८

    Shares

थाक्रे गाउँपालिकामा एकिकृत घुम्ती शिविर सञ्चालन,शुक्रबार मात्रै ३ सय ७८ जनाले लिए सेवा

तस्विर :लक्ष्मी भुजेल

थाक्रे:      धादिङको थाक्रे गाउँपालिकामा घुम्ती शिविर संचालन भैरहेको छ । पालिका भित्र रहेका ११ वटै वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर यहि पौष १६ गते सम्म सञ्चालन हुने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँले शिविर अवधीभर विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिने बताउनुभएको छ ।

वडा नम्बर १ र २ का वडालाई लक्षित गरेर बिहिबार भएको शिविरमा १सय ८७ जनाले सेवा लिनुभएको प्रमुख प्रशासकिय अधिकृत केसीको भनाई छ । तेस्तै आज शुकरबार वडा नम्बर ४ र ५ का वडालाई लक्षित गरेर भएको शिविरमा ३ सय ७८ जनाले सेवा लिनुभएको छ। बिहिबार र शुक्रबार गरि ५६५ जनाले सेवा लिसकेको पालिकाले जनाएको छ।

उक्त शिविरमा पञ्जिकरण, राजश्व, योजना, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषी विकास, पशु सेवा, स्वास्थ्य, प्रधानमन्त्री रोजगार र सामी परियोजना अन्तर्गतका विभिन्न सेवाहरु नागरिकलाई प्रदान गरिरहेको र बाकी रहेको वडा हरुमा पनि सबै नागरिक हरुले आ आफ्नो पाएक परेको ठाउ अर्थात आफ्नो वडाको शिविरमा गइ सेवा लिन पालिकाले आग्रह गरेको छ।

घुम्ति शिविरको तालिका हेर्नुहोस

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस