FLASH NEWS

थाक्रे साना किसान कृषि सहकारी संस्था लि.को वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा सरस्वती थापा चयन

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ पौष ९, मंगलबार (२ दिन अघि)
  • ८०

    Shares

थाक्रे साना किसान कृषि सहकारी संस्था लि.को वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा सरस्वती थापा चयन

थाक्रे :    थाक्रे साना किसान कृषि सहकारी संस्था लि.को २० औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन भएको छ । नवौं अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति चयन गरेको हो ।

थाक्रे ७ हाप्सेचौरमा रहेको थाक्रे साना किसान कृषि सहकारी संस्थाले मंगलबार बार्षिक साधारण सभामा सम्पन्न गरेको हो। सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८१ संस्थाका कार्यबाहक अध्यक्ष सादुराम थापाले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४४ लाख ९१ हजार रहेको छ । साधारण जगेडा कोष ८४ लाख ५९ हजार ४४ रुपैयाँ, अन्य जगेडा कोषहरु ४० लाख ८ हजार ६२ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष ४३ लाख ५६ हजार ३ सय ३५ रुपैयाँ, बचत निक्षेप दायित्व ४ करोड ३० लाख ७४ हजार ३ सय ९४ रुपैयाँ,बाह्य ऋण सापट हिसाव ७ करोड ५१ लाख ८२ हजार ५ सय रुपैयाँ, पुँजिगत अनुदान कोष १२ लाख ९२ हजार ३ सय ७७ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव २ लाख ८४ हजार ९ सय ६७ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १५ करोड ७१ लाख १५ हजार ६ सय ९८ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बलराम बस्नेतले जानकारी दिनु भयो । संस्थामा अहिले २०६ वटा समुह तथा १हजार १०१ जना शेयर सदस्य रहेका छन्।

कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा, जिल्ला सहकारी संघ लि. धादिङका अध्यक्ष रंग थपलिया, थाक्रे गाउँपालिका नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा, वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, वडा सदस्यहरु, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका बरिष्ठ सहायक सूय अधिकारी, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा,विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

साथै उक्त सभामा पुर्व अध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस