FLASH NEWS

पञ्चकन्या ५ नुवाकोटमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तथा वडा समिति गठन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ८, सोमबार (३ दिन अघि)
  • ७१

    Shares

पञ्चकन्या ५ नुवाकोटमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तथा वडा समिति गठन

नुवाकोट:    पञ्चकन्या गाउँपालिका वडा ५ मिश्रपँधेरोमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र वडा स्तरीय बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण वडाध्यक्ष माधव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखिकरण पछि वडाध्यक्ष माधव प्रसाद सिटौलाको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ।
बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू ,बालक्लब,बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे ।

अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायत ६७ जना सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस