FLASH NEWS

भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ७, आईतबार (४ दिन अघि)
  • २०४

    Shares

भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न

धादिङ:    भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको भुमेस्थान साना किसान कृषि सहकारी संस्थाको शनिबार बार्षिक साधारण सभा भएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ३ करोड ११ लाख ८१ हजार ९ सय रहेको छ । कोष रकम २ करोड ९६ लाख ४० हजार २८४ रुपैँया, निक्षेप रकम ११ करोड ६० लाख ९० हजार ४८ रुपैँया, लगानीमा रहेको रकम २७ करोड ३९ लाख ४९ हजार ५६७ रुपैँया, भाका नाघेको रकम ५४ लाख ४६ हजार ५ सय रुपैयाँ, खुद नाफा ८० लाख ३६ हजार ६४ रुपैयाँ रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम ३४ करोड ३६ लाख १८ हजार ६७४ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक नानु थापाले जानकारी दिनु भयो ।

संस्थामा अहिले २०३ वटा समुह तथा १२८१ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष थापाको भनाई छ ।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष यन्त्र बहादुर थापा लगायतको विशेष आतित्थ्यता रहको थियो । तेस्तै सभामा वडा का वडा अध्यक्षहरु ,बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागी रहेको उक्त सभामा बिभिन्न विधामा १८ जना सदस्यलाइ पुरस्कार वितरण तथा सम्मान गरिएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस