५८
Sharesनुवाकोट: पञ्चकन्या गाउँपालिका वडा २ मिश्रगाउँमा शनिबार बालमैत्री स्थानीय शासन सम्बन्धि अभिखिकरण कार्यक्रम सम्पन्न भएको छ।
वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र वडा स्तरीय बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रम वडाध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखिकरण पछि वडाध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति समेत गठन गरिएको छ।
बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन वडास्तरीय संरचना र ५१ सूचकहरू लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे ।
कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायत ९७ जना सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो ।