FLASH NEWS

थाक्रे ८ मा रहेको महाङ्काल मन्दिरमा आज र भोलि रथ जात्रा लाग्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ५, शुक्रबार (६ दिन अघि)
  • २७७

    Shares

थाक्रे ८ मा रहेको महाङ्काल मन्दिरमा आज र भोलि रथ जात्रा लाग्ने

थाक्रे :   महाङ्काल मन्दिरमा आज र भोलि रथ जात्रा हुने भएको छ।
धादिङको थाक्रे गाउपालिका ८ महाङ्कालमा रहेको गणेश र महाङ्काल भगवती को रथ जात्रा मनाइदै आएको हो। हरेक वर्ष योमरी तथा धन्य पुर्णिमाको पञ्चमी तिथिको दिन बेलुका र षष्ठी तिथिका दिन दिउसोको जात्रा लाग्ने गर्दछ।

परा पुर्व कालदेखिनै नेवार समुदाय र ब्राह्मण समुदायहरुले उक्त भगवतीको मुकुट लाइ पञ्चमी तिथिको दिन बेलुका पुजारीको घरमा बिसेष पुजा गरेर नेवारी बाजा र पन्चे बाजा लगाएत भजन सहित गणेश र देवीको मुकुट लाइ रथमा राखी मन्दिरमा लगिन्छ र पुजा आराधाना गर्ने रातभर बत्ति बालेर जाग्राम बस्ने गरिन्छ भने षष्ठी तिथिका दिन बिहान पनि बिसेष पुजा गरि दिनभरि रमाइलो गर्ने र उक्त दिन बेलुका पुन सोहि मुकुट लाइ पुजारीको घरमा लगेर राख्ने चलन रहेको छ।

जात्रामा धादिङ, मकवानपुर ,काठमनडौ नुवाकोट लगायतका स्थान बाट भक्तजन हरु आउने गर्दछन।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस