FLASH NEWS

आजको मौसम कस्तो  रहला?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ मंसिर ३०, आईतबार (३ हप्ता अघि)
  • ७०

    Shares

आजको मौसम कस्तो  रहला?

पश्चिमी वायुको सामान्य प्रभाव  रहँदा आज देशभर आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो र  राति मुख्यतया मौसम सफा रहनेछ।

काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आइतबार चिसो केही घटेको छ। बिहानको तापक्रम ४.५डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। शनिबार बिहान तापक्रम २ डिग्री सेल्सियस पुगेको थियो।

आइतबार उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने अनुमान महाशाखाले गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस