FLASH NEWS

मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि को १६औं वार्षिक साधारणसभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर २९, शनिबार (३ हप्ता अघि)
  • १७२

    Shares

मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि को १६औं वार्षिक साधारणसभा सम्पन्न

धादिङको थाक्रे ११मा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

 

शुक्रबार सस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त सभा सम्पन्न गरेको हो ।
बाग्मती प्रदेश सहकारी संघका महासचिव नेत्र राज पाैडेलको प्रमुख आथित्यता तथा धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रंग प्रसाद थपलिया, थाक्रे गाउँ पालिकाका अध्यक्ष रामकुमार आचार्य ,उपाध्यक्ष यन्त्र बहादुर थापा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि  लगायतको उपस्थितमा सम्पन्न भएको सभामा अध्यक्षकाे प्रतिवेदन संस्था अध्यक्ष
उर्मिला रेग्मी , संस्थाकाे प्रगति प्रतिबेदन सचिव संझना अर्याल, लेखापरीक्षण प्रतिवेदन काेषाध्यक्ष भगवती रेग्मी,
लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन नर्मदा अर्यालले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तेस्तै कार्यक्रममा बाग्मती प्रदेश सहकारी संघका महासचिवमा निर्वाचित हुनु भएकोमा नेत्र राज पाैडेल र जिल्ला सहकारी संघका अध्यक्षमा निर्वाचित हुनुभएकोमा रंग प्रसाद थपलियालाइ सम्मान गरिएको थियो।  .

कार्यक्रममा ५ जना भन्दा बढी सदस्य बिस्तार गर्ने ५ जना सदस्य , बढि बचत कर्ता २ जना र असल काराेबार गर्ने २ जनालाई सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस