११०
Shares|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
धुनिवेशी: धुनिवेशीमा महिला स्वास्थ्य स्वंयसेविका सम्मानित भएका छन् । बिहिबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा नगरपालिकाको विभिन्न वडाका ३ जना सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका नगद र सम्मानपत्र सहित सम्मानित हुनुभएको हो ।
सम्मानित हुनेहरुमा वडा नम्बर १ का विद्या राना, वडा नम्बर ३ का बसुन्धरा शाह र वडा नम्बर ७ का कविता लामा रहनुभएको छ । समुदायमा आफुले गर्न पर्ने स्वास्थ्य सम्बन्धी विविध क्रियाकलापमा सक्रियतापुर्वक सहभागी भई उत्कृष्ट काम गरेवापत जनही नगद ५हजार रुपैँया, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख धुर्ब अधिकारीले बताउनुभयो ।
यसैगरी कार्यक्रममा सहभागी सबै महिला स्वास्थ्य स्वँयसेविकाहरुलाई जनस्वास्थ्य कार्यालय धादिङबाट प्रशँसा पत्र प्रदान गरिएको छ । महिला स्वास्थ्य स्वंयसेविका गोमा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सुरज उप्रेतीको विशेष आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, धुनिबेशी ६ का वडा अध्यक्ष रमेश आचार्य ९ का माधव सिलवाल, जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरिक्षक देविकला रेग्मी लगायतको विशेष आतित्थ्यता रहेको थियो ।