FLASH NEWS

धुनिबेशीमा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको आवसरमा सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १९, बुधबार (३ हप्ता अघि)
  • १७३

    Shares

धुनिबेशीमा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको आवसरमा सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम

धुनिवेशी:     धादिङको धुनिबेशीमा ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको आवसरमा सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम भएको छ । “समावेशी तथा दिगो भविष्यको पुर्वाधार, अपाङ्गता भयका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भने मुल नारा सहित मंगलबार सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

धुनबेसी अपाङ्गता भएका व्यक्तिहरूको संघका अध्यक्ष भुवन रानाको अध्यक्षता मा भएको उक्त कार्यक्रममा नगरपालिकाको नगर प्रमुख बालकृष्ण आचार्य ,उपप्रमुख सुरज उप्रेती, शिक्षा शाखाका अधिकृत विकास खत्री, धुनबेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रबक्ता रमेश आचार्य ,नौबिसे स्वास्थ्य चौकीका प्रमुख डाक्टर अमृत उप्रेती, धुनिबेसी नगरपालिका वडा नम्बर ८ का महिला वडा सदस्य सावित्री कार्की ,इलाका प्रहरी खानीखोलाका अजयकुमार झा लगायत ६० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस