FLASH NEWS

सहारा महिला बचत तथा ॠण सहकारी द्वारा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १८, मंगलबार (३ हप्ता अघि)
  • १०८

    Shares

सहारा महिला बचत तथा ॠण सहकारी द्वारा  सचेतनामुलक अभिमुखीकरण कार्यक्रम

धादिङ :      ३३ औं बिश्व अपांगता भएका ब्यक्तिहरुको दिवसको अवसरमा सहारा महिला बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा संस्थाको सभा हलमा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम भएको छ ।

” हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऎक्यबद्द्ता ” भन्ने नाराको साथमा सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा भएको कार्यक्रममा सहारा महिला साकोसका अध्यक्ष पार्वती राई खाँणले सहारा महिला साकोसको गतिविधिका बारेमा बताउनु भयो ।

संस्थाको संचालक समिति , उपसमिति र अपाङ्गता भएका शेयर सदस्यको परिवारको सदस्यहरु गरि २७ जनाको सहभागिता रहेको कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुमाथी हुने हिंसा र जोखिमको बारेमा महिला मानवअधिकार रक्षक गायत्री खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस