१२७
Sharesथाक्रे : थाक्रे गाउँपालिकामा एक पकेट खोरेत रोग मुक्त अभियान अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ।
सोमबार गाउँपालिकाको सभाहलमा भएको उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा खोरेत रोग मुक्त पालिका बनाउनको लागि बिभिन्न बिषयमा छलफल गरिएको हो ।
पशु सेवा कार्यालय घादिङका प्रमुख डा. बबलु ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आथित्यता रहेको थियो भने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडाका निर्देशक डा. गौरीमान श्रेष्ठ ,थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बा थापाको बिषेस आथित्यता रहेको थियो।
अभिमुखीकरणमा पशु सेवा कार्यालय घादिङका पुन्यवती खकुराल, वडाका वडा अध्यक्षहरु, पशुपन्छी बिकाश शाखाका प्रमुख प्रकाश लुइटेल , वडाका प्राबिधिक लगायतको उपस्तिथी रहेको थियो। साथै ११ हजार डोज खोप समेत पालिकालाई हस्तान्तरण गरिएको पशु सेवा कार्यालय घादिङका पुन्यवती खकुरालले टोलटोलको खबर डट कमलाइ जानकारी दिनु भयो।