१५२
Sharesधादिङ : गोगनपानी साना किसान कृषि सहकारी संस्था लिको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धादिङको थाक्रे गाउपालिका वडा नम्बर ११ को बेल्टारमा रहेको गोगनपानी साना किसान कृषि सहकारी संस्था को वार्षिक साधारण सभा भएको हो । सोमबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद रुपाखेतीले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक सन्जय सुवेदीको प्रतिवेदन तथा लेखा समिति संयोजक माधब प्रसाद खतिवडाले आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको थियो।
वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ६१ लाख ८२ हजार ८ सय रहेको छ । निक्षेप रकम ७ करोड ६७ लाख ४५ हजार ३ सय ४६ रुपैयाँ, कर्जा लगानी १७ करोड ११ लाख २० हजार ५ सय रुपैया, खुद नाफा ७१ लाख ३९ हजार १ सय ७६ रुपैयाँ रहेको सहकारीको जम्मा दायित्य २२ करोड ३ लाख ४ हजार ६ सय ९५ रुपैंया रहेको संस्थाका प्रवन्धक सन्जय सुवेदी जानकारी दिनु भयो ।
संस्थामा अहिले १सय ७० वटा समुह तथा ८सय ३५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष रुपाखेतीले बताउनु भयो ।
गोगनपानी साना किसान कृषि सहकारीको २५ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भयो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठकले सहकारी क्षेत्र सुधार गर्नेहो भने प्रत्येक संस्थाबाट सुधारको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासँघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठक, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी,साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका बरिष्ठ सहायक सूर्य प्रसाद अधिकारी, वडा सदस्यहरु, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिकादेवी सापकोटा ,बैरेनी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिकारी, कल्लेरी साना किसान कृषि सहकारी संस्थाका पृर्व अध्यक्ष तथा सञ्चालक समिति सदस्य रमेश खतिवडा, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।