२१०
Sharesधुनिवेशी : धुनिवेशी नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि धादिङको धुनिवेशी नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’बैंक स्थापना गरिएको हो । कार्यक्रममा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिने क्लोथ एण्ड फुड’ बैंकका संयोजक कमल जि.सिले बताउनु भयो।
यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एण्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सकिने संयोजक जि.सिको भनाइ छ।
साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुवात समेत गरिरहेको छ । धादिङमा ‘कपडा बैंक’सञ्चालन गर्ने धुनिवेशी पहिलो नगरपालिका भएको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भयो। तेस्तै उहाले यो कार्यक्रम निकै राम्रो र प्रभाब कारी रहेकोले पनि कपडा बैक स्थापना गर्न आफु लागि परेको बताउनु भयो।
आचार्यले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैंकलाई अगामी दिनमा सहयोग गरिने आचार्यको भनाइ रहेको छ।
धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य , नगर उपप्रमुख सुरज उप्रेती ,महानायक राजेश हमाल, वडा नम्बर ६ का अध्यक्ष तथा नगरप्रवक्ता रमेश प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल , बिभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्य हरुको उपस्तितीमा उक्त कपडा बैंकको शुभारम्भ गरिएको हो ।
महानायक राजेश हमालले कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताउनु भयो । विकसित देशमा पनि गाँस, बास, कपासजस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्नेगरेको बताउँदै नेपालमा पनि जनस्तर बाटै सहयोग गर्न सकिने महानायक हमालको भनाइ छ ।
‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिस माझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनु भयो।