FLASH NEWS

सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १४, शुक्रबार (२ घण्टा अघि)
  • ४३

    Shares

सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङ :   ” हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऎक्यबद्द्ता ” भन्ने नाराको साथमा सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सहारा महिला बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा निलकन्ठ १२ साङ्कोष रिजाल डाँडामा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा सहारा महिला साकोसका अध्यक्ष पार्वती राई खाँणले सहारा महिला साकोसको गतिविधि , महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भुमिका बिसयमा बोल्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा लैंगिक हिंसा , लैंगिक हिंसाको कारण ,प्रकार र असरहरुका बारेमा महिला मानवअधिकार रक्षक गायत्री खतिवडा ,आत्महत्याको लक्षण र रोकथामको उपायबारेमा महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्ष खिल कुमारी तिवारीले सहजीकरण गर्नुभएको थियो ।

६० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित महिलाहरुले हिंसाको बारेमा आआफ्नो अनुभव सुनाएका थिए ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस