४९
Sharesधादिङ: नीलकण्ठ नगरपालिकाले दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन गरेको छ।
बुधबार धादिङको धादिङबेशीमा भएको नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको थियो ।
उक्त सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित नगरपालिकाको कृषि विधेयक-२०८१, नगर प्रहरी व्यवस्थापन विधेयक-२०८१ पारित गरेको छ । सभामा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समिक्षा प्रतिवेदन समेत प्रस्तुत गर्दै नगरपालिकाले नगरबासीको भावनालाई सम्बोधन गरेर काम गरीरहेको समेत बताउनुभयो । नीलकण्ठमा १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेर स्थानीय सरकारको आभास गराउने काम गरेको भन्दै ढुंगानाले शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाले शिक्षामा धेरै काम गरीरहेको बताउनुभयो ।
साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको भन्दै उहाँले एकाध वडा बाहेर अन्य वडा सम्म कालोपत्रे सम्पन्न भईसकेको बताउनुभयो स्वास्थ्य,खानेपानी,खेलकुद,कृषि,पर्यटन लगायतको क्षेत्रमा नगरपालिकाले काम गरीरहेको भन्दै ढुंगानाले उत्साह र आशा जगाउने गरी काम गरीरहेको र दातृ निकायसँगको सहकार्यमा काम गरीरहेको बताउनुभयो ।
एकिकृत नगर विकास योजना, आवधिक योजना र विगत ८ बर्षको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाई छ । स्थानीय सरकारको माध्यमबाट नगरको समग्र विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गदै देशकै नमूना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकालाई स्थापित गरेको ढुंगानाको भनाइ छ।
तेस्तै सभामा नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक् बर्ष ०८०/८१ र चालू आर्थिक बर्षकोे कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ।