FLASH NEWS

धार्केमा धर्मकाँटा डिजिटलाइजेसनको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल द्वारा सुभारम्भ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर ५, बुधबार (३ दिन अघि)
  • ८२

    Shares

धार्केमा धर्मकाँटा डिजिटलाइजेसनको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल द्वारा सुभारम्भ

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 धार्के:    सवारीसाधनको ओभरलोड नियन्त्रणमा प्रयोग हुने धर्मकाँटालाई अत्याधुनिक प्रविधियुक्त बनाउन सुरु गरेइको छ । धादिङको धुनिबेसी ६ धार्केमा आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रूपमा धर्मकाँटा डिजिटलाइजेसनको सुभारम्भ गर्नु भएको हो ।

धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यस्तो प्रयास थालिएको महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले कार्यक्रममा बताउनु भयो । उहाले डिजिटलाइजेसनले धर्मकाँटाको सञ्चालन पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताउनु भयो ।

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन् । महासंघका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाइँदैछ । डिजिटलाइजेसन पछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ ।

कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो । यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस