FLASH NEWS

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २४, शनिबार (४ महिना अघि)
  • १५३

    Shares

एमाले केन्द्रीय सचिवालयको  बैठक आज बस्दै

धादिङ :  स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो । एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको उहाले बताउनु भयो।

एमालले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ। महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताउनु भयो।

बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस