FLASH NEWS

तिहारमा यी सामग्रीहरु अत्यावश्यक पर्दछ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १६, शुक्रबार (३ हप्ता अघि)
  • १०४

    Shares

तिहारमा यी सामग्रीहरु अत्यावश्यक पर्दछ

धादिङ :     नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भिन्नै महत्व रहेको छ । शरद ऋतुको मौसम भएकाले घर आँगन वा बारीमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन रहेको छ । झिलिमिली बत्ती र फुलै फुलको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा पनि मान्ने गरिन्छ।

हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ। पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा बृधि हुने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा रही आएको छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ

तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुमा फूल , माला,रातो माटो,सप्तरंगी वा अविर केसरी,भाइ मसला,चामलको पीठो,तेल, घिउ,मैनबत्ती , धुप,कालो भटमास ,मासको दाना ,ओखर , विमिरो,दुवो , कटुस,गाईको गोबर , फलफुल,भोगटे , काचो धागो ,धानको लजा लगायतका सामाग्रीहरु पर्दछन र यानिहरुको आ आफ्नै महत्व रहेका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस