२९५
Sharesथाक्रे : धादिङको थाक्रे ९ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार थाक्रे ९ मा रहेको ज्योति मा बिको प्राङ्गणमा पालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आथित्यतामा भएको सभामा सहकारीका अध्यक्ष प्रमिला पण्डितले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तेस्तै लेखा समिति संयोजक उषा अर्याल , सरिता अधिकारी कोषाध्यक्ष , ऋण संयोजक देबकी पौडेल , सचिव सर्मिला रेग्मी , लगायत विभिन्न समिति उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रमका विषेश अतिथि एवं थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिनु हुँदै सहकारीले गाउँ समाजमा निकै राम्रो काम गरेको र भोलिका दिनहरूमा अझ उत्कृष्ट काम गर्न सुझाव फिनु भयो ।
तेस्तै कार्यक्रम का विषेश अतिथि एवं जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्यले पनि कार्यक्रमको सफलताको शुभकामना दिनु हुँदै आधारशिला तालिमको साथ अगाडि बढेको सहकारी भएकोले एक उत्कृष्ट सहकारीको रुपमा परिचित रहेको बताउनु भयो ।
उहाले सहकारीको पछिल्लो भए गरेका विभिन्न कार्यक्रम हरु पनि उत्कृष्ट रहेको बताउँदै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट हुन सुझाव दिनुभयो।
१ हजार ५ सय २८ जना शेयर सदस्य रहेको सहकारीको १२ औं वार्षिक साधारण सभाको प्रमुख अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले सभाको सफलताको शुभकामना दिनुहुँदै सहकारीको सदस्यहरु भनेको सहकारीको मालिक भएको कारण सहकारीका पदाधिकारिहरूको केके काम र कसरी सञ्चालन गरिरहेका छन भनेर हेर्न र बुज्ने बानी बसाल्न आग्रह गर्नु भयो ।
तेस्तै यस सहकारी भित्र रहेका सबै आधारशिला तालिम लिएर बसेकोले सबैले फजुल खर्च नगरी जुन कामको लागि ऋण लगेको हो तेहि काममा लगाउन र विश्वासिलो बन्न आग्रह गर्नु भयो। यस्तै उहाँले सहकारी भनेको अरु बैंक हरु जस्तो नभएकोले सबै आफ्नो सहकारीको आफै मालिक रहेकोले एकएक हिसाब खोज्न र हर्न सकिने बताउनु भयो।
सहकारीका उपाध्यक्ष संगीता आचार्यले स्वागत मन्तव्य राख्नु भएको सभामा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , शेयर सदस्यहरु लगायतको उपस्थित रहेको कार्यक्रममा विभिन्न शीर्षक मा सम्मान समेत गरिएको थियो ।