११९
Sharesधार्के : धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा पर्ने पृथ्वी राजमार्गको सडक विस्तारको लागि पुन: सर्वे भएको छ । यसअघि नै विस्तारको काम गर्ने भनिएपनि केहि ठाउँ विवादित हुँदा धार्केमा सडक विस्तारको काम रोकिएको थियो । अब स्थानियले आ-आफ्नो स्थानबाट सहयोग गरे तिहार पछि नै सडक विस्तारको काम हुने जनाइएको छ ।