FLASH NEWS

धुनिबेशीले रेविज विरुद्धको खोप लगाउने कार्यक्रम गर्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ९, बुधबार (२ महिना अघि)
  • १००

    Shares

धुनिबेशीले रेविज विरुद्धको खोप लगाउने कार्यक्रम गर्दै

धादिङ:  धुनिबेशी नगरपालिकाले १ दिने निःशुल्क एन्टिरेविज विरुद्धको खोप कार्यक्रम संचालन गर्नेे भएको छ ।

१८ औँ विश्व रेविज विरुद्धको दिवसको अवसरमा “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ नगरपालिकाको पशुपन्छी विकास शाखाद्धारा असोज १० गते बिहिबार खोप कार्यक्रम संचालन गर्ने भएको हो ।

खोप कार्यक्रम अन्र्तगत वडा नं १ को भञ्ज्याङ पोखरी, वडा नं २ को रातामाटे, वडा नं ३ को रमाइलोचौर, वडा नं ४ को जीवनपुर र वडा नं ५ को अमलेचौरमा कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं ६ को गौचरन, वडा नं ७ को खानीखोला, वडा नं ८ को मछिन्द्रा थान र वडा नं ९ को टायलघरमा कार्यक्रम संचालन गर्ने भएको छ ।

त्यस्तै असोज ११ गते शुक्रबार कार्यलय समय भित्र नगर कार्यपालिकाकोे कार्यालय जुगेडीमा खोप कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ ।

पुरा विवरण तल हेर्नुहोस :

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस