३५२
Sharesधादिङ : धादिङको थाक्रे ९ मा रहेको आधारशीला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले सम्मान पाएको छ।
बागमती प्रदेश सहकारी संघ लिमिटेड चौथो वार्षिक साधारण मार्फत उक्त सहकारीलाई बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले समान गर्नु भएको हो।
सहकारीले बागमती प्रदेश सहकारी अभियानमा समुदायमा आधारित भई कर्यक्षेत्रको अधिकतम महिलाहरुलाई संस्थामा आवद्ध गराई उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रमा सकारात्मक परिवर्तनका लागि निरन्तर क्रियाशिल रही प्रचलित कानुन बमोजिम वित्तीय परिचालन र व्यवस्थापन गर्नुका साथै बागमती प्रदेश सहकारी संघ लिमिटेडको सञ्जालमा आवद्ध भई संघसंगको व्यवसायिक सम्बन्धमा महत्वपूर्ण भूमिकाखेलेको भन्दै
संघको चौथो वार्षिक साधारण सभाको सुखद अवसरमा यस वर्षको उत्कृष्ट सहकारी संस्था (महिला) बाट सम्मान सम्मान पत्र प्रदान गरिएको उक्त सम्मान पत्रमा उल्लेख गरिएको छ।
आगामी दिनमा संस्थाले सहकारी अभियानमा थप नमूना योग्य भूमिका निर्वाहको लागि बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे हार्दिक शुभकामना समेत दिनु भयो।
तेस्तै सम्मान ग्रहण गर्दै आधारशीला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमिला पण्डितले पनि भोलिका दिनहरुमा अझ उत्कृष्ट काम गर्न हौसला प्रदान गरेको बताउनु भयो।
समुदायमा आधारित भई कर्यक्षेत्रको अधिकतम महिलाहरुलाई संस्थामा आवद्ध गराई अझ उहा हरुका आर्थिक, सामाजिक लगाएतका बिषयमा माथि उकास्न आफु लागि पर्ने टोलटोलको खबर सीताको कुराकानीमा पण्डितले बताउनु भयो।