२६६
Sharesधादिङ, थाक्रे : ६० औँ राष्ट्रिय बाल दिवशको अवसरमा अनेरास्ववियु धादिङले आयोजना गरेको धादिङ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा थाक्रे १० मा रहेको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।
शनिबार धादिङको थाक्रे गाउपालिका ६ महादेवाबेशीमा भएको कार्यक्रममा महांकालेश्वरी माध्यमिक विद्यालय थाक्रे ८ फोगटपुर दित्तिय,एडभान्स एकेडेमी धादिङवेसी तृतिय र केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालय थाक्रे १०ले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको हो।
कार्यक्रममा प्रथम,दित्तिय, तृतियर सान्त्वना हुने लाइ क्रमश नगद रु ५हजार ३ हजार र २ हजार १ हजार प्रदान गरिएको थियो।
सुनिश्चित बाल अधिकार,समृद्ध नेपालको आधार´ शिर्षकमा भएको जिल्ला स्तरीय बक्तित्वकला प्रतियोगिताको
अनेरास्ववियु केन्द्रिय सचीव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा.सुजन कडरियाको प्रमुख आतिथ्यता रहेको थियो। अनेरास्ववियु बागमती प्रदेश कमिटीका अध्यक्ष लालबहादुर बुढाथोकी र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी बिभागिय सचीव सन्जय दुवाडी, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य अम्बिका रुपाखेती ,भुवान श्रेष्ठ, अनेरास्ववियु केन्द्रिय सदस्य धादिङ इन्चार्ज रक्तिम रेग्मी, अनेरास्ववियु बागमती प्रदेश कमिटी सह-सचीव प्रशान्त जंग पाण्डे, नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्यहरु लगाएत शिक्षक विद्यार्थी लगाएतको उपस्तिथिरहेको आयोजकले जनाएको छ।