२४२
Sharesथाक्रे, धादिङ : धादिङको थाक्रे ११ वालुवाफाँट, महादेववेशीमा रुपाखेती दाहाल कुलकल्याण प्रतिष्ठान ,थाक्रे पालिका स्तरिय प्रथम भेलाले अध्यक्षमा प्रकास रुपाखेतीलाइ चयन गरेको छ।
उपाध्यक्षमा विष्णु प्रसाद रुपाखेती, सचिवमा लक्ष्मी रुपाखेती,सह-सचिवमा पुरुषाेतम रुपाखेती,काेषाध्यक्षमा विद रुपाखेती र्चायाँ हुनु भएको छ। तेस्तै सदस्यहरुमा केशव प्रसाद रुपाखेती , शिव प्रसाद रुपाखेती , सविना रुपाखेती र रामशरण रुपाखेती चयन हुनु भएको छ।
भेलामा उअपस्तित हरुलाई स्वागत गर्नुहुदै नारायण प्रसाद रुपाखेतीले कार्यक्रमकाे उदेष्य बारेमा जानकारी गराउनु भएको थियो।
उक्त भेला देश तथा विदेशमा छरिएर रहेका आफ्ना बन्धुहरुकाे विवरण संकलन गरि २०६८ सालमा रुपाखेती दाहाल वंशावली पुस्तक प्रकाशन गरिसकिएकाेले नया पुस्ता थप्दै जाने याेजना को साथ् उक्त भेला गरिएको अध्यक्ष रुपाखे टोलटोलको खबर डट कम लाइ जानकारी दिनु भयो । अशाेज १ गते हुने प्रतिष्ठानकाे राष्ट्रिय भेलामा देशैभरका रुपाखेती दाहाल बन्धुहरु समेटि टेलिफाेन डायरी विमाेचन गरिने समेत बताउनु भयो।
साथै आफ्ना कुल , सहगाेत्रीहरु नया पुस्ताले नचिनेकाेले अब यस्ताे भेला स्थानिय तहमा गर्दै जानुपर्ने रुपाखेतीको भनाइछ। शनिबार भएको कार्यक्रमका विशिष्ट अतिति रुपाखेती दाहाल कुल कल्याण प्रतिष्ठान, केन्द्रीय सल्लाहकार संयाेजक केशव प्रसाद रुपाखेती , प्रतिष्ठानका सचिव ,चन्द्र प्रसाद दाहाल , प्रतिष्ठानका उपत्यका समन्वय कमिटि अध्यक्ष सुरेश कुमार दाहालले कुल कल्याण प्रतिष्ठानकाे संगठनात्मक संरचना , विधान संरचना , हालसम्म गरेका कार्यहरु बारे प्रकास पर्नु भएको थियो।
भेलामा बंशावलीका लागि सूचना संकलन , प्रकाशन र बन्धुहरुकाे एकता कायम गर्न याेगदान गर्नुहुने तीनै जना विशिष्ट अतिथि हरुलाई दाेसल्ला सहित कदर पत्र प्रदान गरिएकाे थियो। जेष्ट सदस्य , पं भुवानी प्रसाद रुपाखेतीको अध्यक्षतामा भएको भेलामा थाक्रे ६, १० र ११ का ५१ घरपरिवारका रुपाखेतीहरुकाे सहभागिता रहेको कार्यक्रम संञ्चालन जयराम रुपाखेतीले जानकारी दिनु भयो।