१५५
Shares२५ भदौ ,थाक्रे : धादिङको थाक्रे गाउँपालिकामा विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ।
“आत्महत्या रोकथाम बारे संवाद सुरू गरौं: दृष्टिकोण बदलौं” भन्ने नाराको साथ् थाक्रे गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो।
मानसिक स्वास्थ्य, आत्महत्या भनेको के हो? यसको लक्षण, आत्महत्या गर्नुको कारण, रोकथामका उपाय र चुनौतीको वारेमा जानकारी गराइएको थियो।
मानसिक तथा मनोसामाजिक समस्यासँगै भ्रम, लाल्छना, जनचेतनाको कमी, बेरोजगारी,बैदेशिक रोजगारी,घरेलु हिंसा,लागुपदार्थको प्रयोग लगायतको कारणले आत्महत्याका घटना बढ्दै गएको अवस्थामा आत्महत्या रोकथामको लागि सवैको सहकार्य आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख कमल अधिकारीले बताउनु भयो।
अधिकारीले आत्महत्या गर्ने व्यक्तिहरुले देखाउने लक्षण,परिवार र समाजले खेल्नुपर्ने भुमिका लगायतको विषयमा जानकारी गराउनु भएको थियो । स्वास्थ्य शखाको आयोजनामा भएको अन्तरक्रियामा स्वास्थ्य कर्मी हरुको उस्थिती रहेको थियो । आत्महत्या रोकथामका लागि सचेतना जगाउन हरेक वर्ष सेम्टेम्वर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।