FLASH NEWS

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले भाद्र ९र १० गते संस्थागत गोष्ठी कार्यक्रम गर्ने

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०८१ भाद्र ४, मंगलबार (३ महिना अघि)
  • ११८

    Shares

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले भाद्र ९र १० गते संस्थागत गोष्ठी कार्यक्रम गर्ने

 

४ भाद्र ,धादिङ :  राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले  यही भाद्र  ९ गते संस्थागत गोष्ठी कार्यक्रम गर्ने भएको छ ।

राष्ट्रिय संगीतकर्मी संघमा आवद्ध कलाकारहरूको हक हितको निमित्त निरन्तर रुपमा अगाडि बढी रहेको संस्थामा   रहेका  सदस्यहरूले राष्ट्रिय संगीतकर्मी संघ भनेको के हो ?  र संघ भित्र रहे पछि निभाउनु पर्ने महत्त्वपूर्ण भूमिका काम ,कर्तव्य के के हो ? लगायतको कुराहरू   प्रष्ट पार्नको लागि गोष्ठी को आयोजना गरिएको राष्ट्रिय संगीतकर्मी संघका बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङले बताउनु भयो। 

बागमती प्रदेश भित्र रहेका  १३ जिल्लाका राष्ट्रिय संगीतकर्मी संघका जिल्ला अध्यक्ष ,कोषाध्यक्ष , सचिबको उपस्थित अनिवार्य र केन्द्रिय कार्य समितका पदाधिकारीहरू लगायत दोहोरी विशेष समित र नृत्य विशेष समितका पदाधिकारी हरूलाई समेत निमन्त्रणा गरिएको अध्यक्ष तामाङको भनाइ छ। 

 साथै १० गते भने राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको पाचौ वार्षिक साधारणसभा तथा तिज विशेस बृहत सास्कृतिक कार्यक्रम को पनि आयोजना गरिएको अध्यक्ष तामाङले टोलटोलको खबर डट कमलाई जानकारी दिनु भयो।
कार्यक्रम अनुपम पार्टी प्यालेस भेन्यु  माछापोखरी गुम्बा काठमाडौंको मा हुने छ।  

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस