FLASH NEWS

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिनु हुदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)
  • ६५

    Shares

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत  लिनु हुदै

१५ साउन ,२०८१:  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासको मत लिने हुनु भीको छ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराउनु भएको थियो । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनु भएको हो।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गर्नु भएको छ।

साउन १२ मा एक जना बिनाविभागीयमन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस