FLASH NEWS

वार्षिक २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्छन्: कृषिमन्त्री रामनाथ अधिकारी

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १४, सोमबार (३ महिना अघि)
  • १०४

    Shares

Post Thumbnail

१४ साउन ,२०८१ :   कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिव २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्ने गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले करिव १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताउनु भयो । नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको समेत बताउनु भयो । उहाँले नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताउनु भयो ।

नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाउनु भयो ।

नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेका छन् । नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।’ मन्त्रि अधिकारीको भनाइ छ।

मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरुप दुधको उत्पादन, निश्चित संख्या भन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको बताउनु भयो । प्रोत्साहन अनुदान कृषकको खातामै जाने व्यवस्था गरिएको पनि कृषि मन्त्रि अधिकारीले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस