६७
Shares९ असार,धादिङ : धादिङ जिल्ला क्षेत्र नम्बर १ (१) बाट निर्वाचित मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको छ।
बुधबार श्रेष्ठलाई विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
मन्त्री परिषद्मा एमाले बाट कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल, स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापालाई दिइएको छ ।
यसैगरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जनलाई दिइएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले बताउनुभयो ।
यस्तै, कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको छ।
१३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुङ्गो लाग्न बाकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय पाएको छ।