६९
Shares३ साउन ,धादिङ : धादिङ जिल्लाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फाैजदारी अदालत राेम बिधान पारित गर्न माग गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको अबसरमा दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न माग गरिएकाे हाे ।
नेपाल सरकारलाई रोम विधान तत्काल अनुमोदन गर्न र यसको पक्ष राष्ट्र हुन माग गर्दै अन्तर्राष्ट्रियस्तरमा गरिएका मानव अधिकारसम्बन्धी प्रतिबद्धताहरू सरकार पक्षलाई स्मरण गराउन तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न घच्घच्याउन वर्षैपिच्छे स्मरण गर्ने गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
राेम विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले र दक्षिण एशियाका बङ्गलादेश, अफगानिस्तान, मालदिभ्सलगायत एशियाका १९ देशहरले रोम विधानको पक्ष राष्ट्र भइसकेकाे र नेपालले हालसम्म पनि पक्ष राष्ट्र नभएकाेले राेमबिहानमा हस्ताक्षर गरि पारित गर्न माग गरेकाे छ ।
रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जबाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्छ भने राष्ट्रिय अदालतकाे कार्यक्षेत्रकाे हस्तक्षेप नगर्ने स्पट छ ।
पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा सङ्कल्प प्रस्ताव पारित गरेको छ । उउउितथ्य यस अवसरमा स्मरण गराउँदछौँ । साथै मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका समयमा समेत पटकपटक रोम विधान पारित गर्न प्राप्त भएका सुझावहरूको कार्यान्वयनगराउनसमेत हामी ध्यानाकर्षण गराउँछौँ ।
तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेण्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नु भएको थियाे । ज्ञापनपत्रमा ईन्सेक प्रतिनिधि सीताराम अधिकारी ,नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा ,गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, मानवअधिकार एलायन्सका अध्यक्ष बिनोद रिजाल, सहयात्री समाजका अध्यक्ष गीता खनाल, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका गायत्री खतिवडा, दलित सेवासंघका अध्यक्ष श्याम मगराती, पत्रकार नवराज छत्कुली, बद्री अधिकारीले हस्ताक्षर गरि राेमविधान पारित गर्न माग गरिएकाे छ ।