१०६
Shares२ साउन,२०८१ : काठमाडौंमा तपाई तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ भने हिजो मंगलबारको मूल्य भन्दा आज बुधबार गोलभेडा ठूलो नेपाली ८ प्रतिशतले बढेर केजीको १२५ रुपैयाँ पुगेको छ । यस्तैगरी सानो लोकल भने मूल्य २५ रुपैयाँ प्रतिकेजी बाट घटेर १७.५० पुगेको छ । यस्तैगरी गोलभेडा सानो टनेल ३९ रुपैयाँबाट घटेर २९.० पैसा भएको छ । ठूलो गोलभेँडा बाहेक अन्य गोलभेँडाको मूल्य घटेको देखिन्छ ।
यस्तैगरी आलु रातो ६९.२० रुपैयाँ, आलु रातो भारतीय ५९ रुपैयाँबाट घटेर ५७ रुपैयाँ रहेको छ । आलु रातो मुडे ५१ रुपैयाँ रहेको छ ।
प्याज सुकेको भारतीय न्यूनतम ९० रुपैयाँ, बन्दा लोकल ४०, काउली स्थानिय ६०, ज्यापु काउली ८०, भन्टा लाम्चो ८०, डल्लो भन्टा ९० रुपैयाँ रहेको छ । यस्तैगरी तनेबोडी ११०, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी राजमा, भटमासकोशा १३० रुपैयाँ रहेको छ । तितो करेला १०० रुपैयाँ केजी, लौका पनि १०० रुपैयाँ नै पर्दछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार यी तरकारीको न्युनतम मूल्य हुन् । खुद्रा बजारमा आउँदा तरकारीको मूल्यमा केही फेरबदल हुन्छ । यस्तैगरी चिचिण्डो ६०, घिरौला १०० रुपैयाँ फर्सी पाकेको ५०, भिण्डी १२० रुपैयाँ, पिंडालू १००, च्याउकन्य १४०, डल्ले ३३०, कुरीलो, २५०, ब्रोकाउली १२० रुपैयाँ रहेको छ ।