१०२
Shares१ साउन ,२०८१: नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।
भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि गया राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्।