१९३
Shares|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२६ असार ,२०८१: नौबिसे-मलेखु सडकखण्ड रातिको समयमा १५ दिन बन्द रहने भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने धुनिबेशी ६ धार्केको गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको कारण सडक बन्द गर्न लागिएको हो ।
सडक आज देखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने योजना प्रमुखले जानकारी दिनु भयो।
सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ ।
साथै, वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने बताइएको छ ।