१११
Shares२५ असार ,२०८१: नेकपा एमालेको सचिवालय बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीबारे बैठकमा छलफल हुनेछ।
यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने गौतमले बताउनु भयो । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुनेछन्।
एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। त्यो अभियानबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ।