१३३
Shares२४ असार ,२०८१: नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले बागमतीमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छाडेको हो ।
प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहनु भएको थियो ।
मन्त्रीहरूले आज बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले मुख्यमन्त्री कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाउनु भएको हो।