६९
Shares२० असार: अहिले बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अति वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशैभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा र कोशी र लुम्बिनी प्रदेशमा अति वर्षाको पनि सम्भावना छ। त्यसैले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।