FLASH NEWS

नेपाल युवा परिषद ,एनसेल र एफ ए ओ को आयोजनामा सप्ताह व्यापी  वृक्षारोपण कार्यक्रम 

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १९, बुधबार (४ महिना अघि)
  • २४०

    Shares

नेपाल युवा परिषद ,एनसेल र एफ ए ओ को आयोजनामा सप्ताह व्यापी  वृक्षारोपण कार्यक्रम 

राजाराम डंगोल

१९असार,धादिङ :  राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद ,  Ncell  FAO को आयोजनामा सप्ताह व्यापी रुपमा ७७ वटै जिल्लामा ७ हजार सात सय बिरुवा वृक्षारोपण गरिएको छ। 

कार्यक्रम  ७७ वटै जिल्ला मा राष्ट्रिय वृक्षारोपण दिवस २०८१ असार १४ गते देखि सुरु गरिएको हो।

 One Youth One Plant क्याम्पियन अभियानका साथ सुरु गरिएको वृक्षारोपण कार्यक्रममा ७७ वटै जिल्लाका ७ हजार ७ सय युवाहरूले बिभिन्न विद्यालय ,सामुदायिक वन , पार्क लगायत सार्वजनिक स्थलमा वृक्षारोपण गरेका हुन्  ।

उक्त कार्यक्रम अनुसार धादिङ जिल्लामा पनि स्थानीय सरोकारको विषय तथा वातावरण संरक्षणमा युवाको भूमिका विषयक छलफल एवं वृक्षारोपण कार्यक्रम सहित डिभिजन वन कार्यालय धादिङको सहकार्यमा धादिङका सार्वजनिक स्थलहरूमा वृक्षारोपण गरिएको नेपाल युवा परिषद धादिङका संयोजक अस्मिता दुवाडीले टोलटोलको खबर डट कमलाई जानकारी दिनु भयो।

 समापन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप प्रमुख कुलमान विश्वकर्मा , डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य , नेपाल युवा परिषद का केन्द्रिय सदस्य तथा बागमती प्रदेश संयोजक नवीन गिरि ,निलकण्ठ बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका प्रमुख तथा प्रतिनिधि ,सामाजिक अभियान कर्ता, समाजसेवी , युवा परिषदका पदाधिकारीहरू स्थानीय लगायतको सहभागिता रहेको पनि दुवाडीले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस