FLASH NEWS

नुवाकोटको वेलकोटगढी ३ मा १३ दिने निःशुल्क सीपमुलक तालिम सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १८, मंगलबार (४ महिना अघि)
  • १५०

    Shares

नुवाकोटको वेलकोटगढी ३ मा १३ दिने निःशुल्क सीपमुलक तालिम सम्पन्न

१८ असार, नुवाकोट :   नुवाकोटको वेलकोटगढी ३ मा १३ दिने निःशुल्क सीपमुलक तालिम सम्पन्न।
नुवाकोटको वेलकोटगढी नगरपालिका ३ मा १३ दिने कृष्टल माला र चुरा बनाउने निःशुल्क सीपमुलक तालिम सम्पन्न भएको छ।
सोमबार एक कार्यक्रमको विच महिला बाल बालिका लक्षित वर्ग सीप विकास क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत
१३ दिने कृष्टल माला र चुरा बनाउने निःशुल्क सीपमुलक तालिम समापन भएको हो।

वेलकोटगढी नगरपालिका ३ को आर्थिक सहयोग तथा शुभारम्भ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. लि.को आयोजनामा संचालन भएको उक्त तालिममा २५ जना महिलाहरुले सहभागी रहेका थिए।
वेलकोटगढी नगरपालिका ३ का वडा अध्यक्ष कैशिला पुडासैनीको अध्यक्षता तथा वेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङ‌को प्रमुख आतिथ्यतामा सम्पन्न भएको शुभारम्भ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. लिका संयोजक सोभा डंगोलले टोलटोलको खबर डट कम लाई जानकारी दिनु भयो। उक्त कार्यक्रममा नगर प्रमुख जगत बहादुर गुरुङ‌ र वडा अध्यक्ष कैशिला पुडासैनीले तालिममा सहभागी महिला हरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको पनि डंगोलले बताउनु भयो।
तालिमले निकै राम्रो गरेको र अब आयआर्जनको स्रोत बनेको तालिममा सहभागी रहेका महिलाहरुले बताएका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस